दफा १७
क्षतिपूर्ति भराईदिने
(१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निर्दे्शिका विपरीत प्रदूषण, ध्वनी, ताप वा हानिकारक फोहरमैलाको सिर्जना वा निष्काशन गरेको वा कुनै दुर्घटनाजन्य प्रदूषणका कारणबाट कुनै व्यक्ति वा संस्थालाई कुनै हानि नोक्सानी पुग्न गएमा त्यस्तो कामबाट पीडित व्यक्ति वा संस्थाले आफूलाई पुग्न गएको क्षति बापत तोकिएको अधिकारी समक्ष क्षतिपूर्ति भराई पाउन निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदनका सम्बन्धमा तोकिएको अधिकारीले छानबिन तथा जाँचबुझ गर्दा हानि नोक्सानी भएको ठर्हयाएमा क्षतिको यकिन गरी त्यसरी हानि नोक्सानी र्पुयाउने व्यक्ति, संस्था वा प्रस्तावकबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
(३) यस दफा बमोजिम क्षतिपूर्ति निर्धारण गर्ने आधार र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।